राष्ट्रपति सीको ताइवान स्ट्रेटका युवाहरूलाई राष्ट्रिय पुनःउत्थान लागि प्रयास गर्न आग्रह


     एभरेस्ट आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित






चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले ताइवान जलडमरूका युवाहरूलाई राष्ट्रिय पुनः उत्थानको चिनियाँ सपना पूरा गर्न संयुक्त रूपमा प्रयास गर्न आग्रह गरेका छन।सोमबारदेखि मङ्गलबारसम्म फुजियान प्रान्तको सियामेनमा आयोजित स्ट्रेट युथ फोरममा सहभागी हुन आएका ताइवानका युवाहरूलाई लेखेको पत्रमा सीले सो आग्रह गरेका हुन।

ताइवानका युवाहरूले आफ्नो सपना साकार पार्न मुख्यभूमिमा एउटा मञ्च फेला पारेको, मातृभूमिको द्रुत विकास र परिवर्तनहरू देखेको र दुवै छेउका देशबासीहरूबीचको न्यानो भावनाहरू महसुस गरेको कुरा थाहा पाएर आफू खुसी भएको सीले पत्रमा उल्लेख गरेका छन।

राष्ट्रपति सीले ताइवानका युवाहरूले मुख्यभूमिको बारेमा आफ्ना अनुभवहरू र भावनाहरू ताइवानमा भएकाहरूसँग बाढ्न सक्ने आशा समेत व्यक्त गरेका छन। जसले गर्दा थप ताइवानी युवाहरूले मुख्य भूमिलाई चिन्ने र राष्ट्रिय पुनरुत्थानको लागि निरन्तर प्रयास गर्न मुख्य भूमिका युवाहरूसँग हात मिलाउन सक्ने बताइएको छ।

सन् २००३ मा स्थापित, स्ट्रेट्स युवा फोरम ताइवान स्ट्रेट भरी युवा आदान प्रदान को लागि एक महत्त्वपूर्ण मञ्च हो। यस वर्षको फोरममा भाग लिन आमन्त्रित भएका ताइवानका पचास युवाहरूले राष्ट्रपति सीलाई पत्र लेखेका छन्।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।