पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा पिकअप भ्यान खाल्डोमा खस्दा १० जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार खैबर पाख्तुनख्वा प्रान्तको स्वात जिल्लाको गबिन जब्बाको पर्यटकीय क्षेत्र नजिकै सडकबाट भ्यान खस्दा उनीहरूको ज्यान गएको हो ।
चालकले गाडीमाथि नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा उद्धार टोली र स्थानीय स्वयंसेवकहरू घटनास्थलमा पुगेका तथा शव र घाइतेहरूको व्यवस्थापन गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


२१ औं संस्करणको असारे रोपाइँ महोत्सव लेखनाथको शिशुवामा हुने भएको छ ।…






