खलङ्गा । स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको अनुगमन गरेको छ । प्रतिष्ठानमा अर्काको नाममा रहेको बीमा कार्ड प्रयोग गर्नेको सङ्ख्या बढेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावतले जानकारी दिए ।पहिलो पटक अनुगमन भएकोले धेरैलाई सचेतसमेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका संयोजक रावतले जानकारी दिए ।
अर्काको नाममा प्रयोग भएका बीमा कार्डसमेत जफत भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल र सुरक्षा निकायलगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीको सहभागितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन भएको थियो ।
जिल्लाभर करिब ६० हजार बढीले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहले पालिकाभित्रका गरीब, एकल महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्क जस्ता कार्यक्रम लागू गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






