अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु


     एभरेस्ट आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित





अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ ।

बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोछ । अधिकारीले बताए । अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन्।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।