पोखरा । पोखराको फिर्केखोलामा स्कुटर दुर्घटनामा हुँदा २ जना घाइते भएका छन् ।
बुधबार राती विन्द्यावासीबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग ४ प ८३२५ नम्वरको डियो स्कुटर फिर्केखोलापुल नजिकै खोलामा खस्दा दुई जना घाइते भएका हुन् । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि सहारा अस्पताल पठाइएको छ ।
घाइतेमध्य एक युवती गम्भीर रहेको प्रत्यक्षदर्शीले एभरेस्ट आवाजलाई जानकारी दिएका छन् । घटनास्थलमा भेटिएका एक प्रत्यक्षदर्शीले भने, ‘माथिबाट २ जना सवार स्कुटर पुल नजिकै खोलामा अचानक खस्यो । समयमानै पुल निर्माण हुन नसक्दा यहाँ यस्ता दुर्घटना भएका छन् ।’ उनले भने, ‘एक त फराकिलो सडकमा साघुरो पुल रहेका कारणपनि तिव्रगतिमा आएका सवारीले सन्तुलन मिलाउन नसक्दा दुर्घटना हुन्छ, दोस्रो यस्तो क्षेत्रमा सडक बत्तीको व्यवस्था नहुनु अर्को कारण हो ।’
यसअघि पनि सो क्षेत्रमा ३, ४ पटक ट्रक तथा मोटरसाइकल दुर्घटना भएका थिए ।
दुर्घटनाका घाइतेहरुको परिचय खुल्न सकेको छैन भने घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







