पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १२ औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५७ युनिट रगत संकलन भएको सहकारीका प्रबन्धक यज्ञप्रसाद भण्डारीले जानकारी दिए ।प्रमुख अतिथि पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले सहकारीले छोटो समयमै गरेको प्रगतिको प्रशंसा गर्दै अझ सफलताको कामना गरिन् ।
कार्यक्रममा पोखरा २१ वडाध्यक्ष दीपकप्रसाद सुवेदी, नेकपा (एमाले) पोखरा १७ का अध्यक्ष ऋषभ तिमिला, रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा सभापति झपिन्द्रराज रेग्मी, पुम्दीभुम्दी कृषि सहकारी अध्यक्ष झम्कनाथ देवकोटा, क्षेत्रीय रक्तसंचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसी, सल्लाहकार युवक लामिछाने, डेभिज फल टोल विकास संस्था अध्यक्ष प्रवीण पौडेल, गुप्तेश्वर महिला सहकारी अध्यक्ष तीला ढकाल, इन्द्रेणी सहकारी उपाध्यक्ष विन्दु कार्की लगायतले बोलेका थिए ।
सो अवसरमा नवविर्वाचित वडाध्यक्षहरु राधिका शाही योगी र दीपकप्रसाद सुवेदी एवं पत्रकार विजय नेपाललाई सम्मान गरिएको थियो ।सहकारी अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा समिति संयोजक शर्मिला भण्डारी र संचालन सचिव राजेन्द्रबहादुर थापाले गरेका थिए । रक्तदान कार्यक्रमको संयोजन भीष्मजी कार्कीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







