सांकेतिक तस्बीर
पोखरा महानगरपालिका वडा नं २५ हेम्जास्थित एक रेस्टुरेन्टमा आज विहान ५ बजेतिर आगलागी भएको छ।
हेम्जाको विष्णुपादुका लस्करे नजिकै डिलबारी कालीज फर्मको रेस्टुरेन्टमा आज (शुक्रबार) विहानै आगलागी भएको हेम्जास्थित अस्थायी प्रहरी पोष्टका असई प्रेम थापाले एभरेस्ट आवाजलाई बताएका छन्।
असई थापाका अनुसार पोखरा महानगरबाट गएको दमकल र स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रण आइसकेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान लगाइएको छ। आगलागीबाट क्षतिको अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
संचालकहरु रामचन्द्र थापा, राजेन्द्र थापा र भरत थापाले संयुक्त रुपमा संचालन गरेको सो रेस्टुरेन्टमा आगलागी भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







