प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


     एभरेस्ट आवाज    
     असार ३१ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । प्रतिनीधि सभाको उपसभामुखम नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

गठबन्धनकी संयुक्त उम्मेद्वार भुसालले प्रमुख प्रतिपक्षी एमालेकी सांसद विद्या भट्टराईलाई ३५ ले मतले पराजित गर्दै रिक्त प्रतिनीधी सभाको उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसालले १४८ मत ल्याउँदा भट्टराईले ९३ मत ल्याइन् ।

शुक्रबार प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागी भएका थिएनन्।

उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन् । उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् ।

२०७४ मा उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन् । त्यसयता उपसभामुख पद रिक्त रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।