नेवारी संस्कृति नबुझी पञ्चाङ्ग समितिले विवाद निकालेको भन्दै नेवार समुदायद्वारा २०७८ को तिहारको मिति अहिल्यै सार्वजनिक


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित




नेवार समुदायले आगामी तिहारको मिति अहिल्यै सार्वजनिक गरेको छ । नेवार समुदायले २०७८ सालको तिहारको मिति अहिले नै सार्वजनिक गरेको हो । २०७७ सालको तिहार सकिने वित्तिकै २०७८ सालको तिहारको मिति सार्वजनिक गरिएको यो पहिलोपटक हो ।

नेवार समुदायले सार्वजनिक गरिएको मिति तालिका अनुसार २०७८ साल कात्तिक १८ गते विहीबार लक्ष्मी पूजा, कात्तिक १९ गते म्हपूजा र नेपाल सम्वत तथा कात्तिक २० गते भाईटीका परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेवारी संस्कृति नबुझी जहिलेपनि विवाद निकालेकाले अहिले नै आगामी तिहारको मिति सार्वजनिक गर्न बाध्य भएको नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । नेवार समुदायले जहिलेपनि लक्ष्मी पूजाको दिनदेखि स्वन्ती अनुसार ३ दिन लगातार तिहार मनाउँछ । तर पञ्चाङ्ग निर्णायक समितिले तिथि अनुसार तिहार मनाउँदा कहिलेकाहिं दुई तिथि एकैदिन पर्दा तिहार छोट्टिन जान्छ । जसका कारण लक्ष्मी पूजा र भाईटीका, भाईटीका र म्हःपूजा एकैदिन पर्न जाने गर्दछ । तर नेवार समुदायले भने पञ्चाङ्ग निर्णायक समितिले भने अनुसार नगरी स्वन्ती अनुसार पर्व मनाउँदा पञ्चाङ्ग निर्णायक समितिले तोकेको भाईटीका र नेवार समुदायको भाईटीका फरक÷फरक दिन पर्दा आम मानिसमा कन्फूयजन पैदा हुँदा विवाद सिर्जना हुँदै आएको छ । त्यहि भएर यसपटक पहिले नै नेवार समुदायको तिहारको स्वन्ती मिति सार्वजनिक गरिएको अध्यक्ष पालिखेको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।