पोखरा, असार ३२
कविवर तेजनाथ घिमिरेको निधन भएको छ । पोखरेली कवि घिमिरेको गएराती २ बजेर १२ मिनेटमा आफ्नै निवास नदीपुरमा ८३ वर्षको उमेरमा निधन भएको हो । घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह, दमलगायतका दीर्घ रोगबाट पीडित थिए ।
साहित्य, पत्रकारिता, क्षिक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन् ।
स्वर्गिय घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन् ।
स्वर्गिय घिमिरेको आजै पोखराको तुलसीघाटमा विहान १० बजे अन्त्येष्टि गर्ने तयारी भएको परिवारलाई उद्धृत गर्दै कवि, साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







