साङ्केतिक तस्विर
पर्वत । शनिबार पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । विहादी गाउँपालिका –१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको मृत्यु भएको हो ।
गत स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका गुरुङको आज कपडा सुकाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागरे घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







