लेवान्डोस्की बार्सिलोना जाँदै


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०७९ मा प्रकाशित




पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्की बार्सिलोनामा आबद्ध भएका छन्।

बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको हो।

बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेको थियो। त्यसका बाबजुद टोली ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई विक्री गर्न सहमत भएको छ।

उनले बार्सिलोनामा ३ वर्षको सम्झौता गरेका छन्। अर्को एक वर्ष थप गर्न सकिने विकल्प पनि सम्झौता रहेको बताइएको छ।

उनले बार्षिक झण्डै ९ मिलियन युरो प्राप्त गर्नेछन्। जुन उनले बायर्नबाट पाउँदै गरेको पारिश्रमिक बराबर हुन्छ। सन् २०१४ मा बायर्न पुगेयता ३३ वर्षे लेवान्डोस्कीले ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका थिए। गत सिजन उनले ४६ खेलमा ५० गोल गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।