फाइल तस्बिर
मोरङ । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताएका छन ।जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्रालयका सचिव डा अनुज भट्टचन, कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायतले आज कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको निरीक्षणका तथा अवलोकनका क्रममा उनले सरकार जनताको स्वास्थ्य सुरक्षाप्रति चिन्तित रहेकाले कोभिड उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी दाहालले सङ्घ र प्रदेशको संयुक्त पहलमा कोभिडको नियन्त्रण र उपचारमा क्रियाशील रहेको बताए । उनले कोभिडको रोकथामका लागि सीमा नाकाबाट आउने यात्रुको आवश्यक एन्टिजेन परीक्षण तथा रोकथामका लागि प्रचार गर्नु स्थानीय पालिकाले सहयोग गर्नुपर्ने धारणा राखे ।
कारागारमा रहेका सङ्क्रमित कैदीबन्दीमध्ये १९ जनालाई उपचारका लागि केन्द्रमा राखिएको र अन्यलाई आज ल्याउने जानकारी दिइयो । निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कारागारका रहेका बन्दीमा ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएमा पिसिआर परीक्षण गर्ने कारागारका निमित्त प्रमुख तुलसुीराम भगतले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







