इरानका प्रहरीले सुक्दै गइरहेको नुनिलो तालसामु प्रदर्शन गरिरहेका थुप्रै व्यक्तिलाई पक्राउ गरेको छ।
स्थानीय संचार माध्यमका अनुसार क्षेत्रीय राजधानी उर्मियामा केही प्रदर्शनकारीले ‘उर्मिया ताल सुक्दैछ, संसदीय आदेशले मार्दैछ’ नारा लगाएका थिए। स्थानीय प्रहरी प्रमुख आयुक्तले प्रदर्शनकारीहरूले सार्वजनिक सुरक्षामा आँच पु¥याउन खोजेको आरोप लगाएका छन्।
कुनै समय विश्वकै दोश्रो सबैभन्दा विशाल नुनिलो तालको रूपमा यो ताल चिनिने गर्दथ्यो। तालको पानी सुकेकोमा उनीहरूले विरोध प्रदर्शन गरेका थिए।
चरम खडेरी, कृषि र बाँध निर्माणको कारण सन् १९९५ देखि सुक्न थाल्नु अघिसम्म उर्मिया ताल इरानको प्रमुख आन्तरिक पर्यटन रिसोर्ट बनेको थियो। त्यहाँ पानी नभएकाले अचेल यसका वरपरका होटेल र डुंगाहरूमा कुनै चहलपहल छैन।
इरानको विकट उत्तर पश्चिमी क्षेत्रमा यो ताल वरपरका स्थानीय बासिन्दाले ताल सुक्नुको पछाडि स्थानीय निकायलाई दोष दिएका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







