नक्कली सुनको बाला देखाई ठग्न खोज्ने २ जना पोखराबाट पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । नक्कली सुनलाई सक्कली हो भन्दै ठग्न खोज्ने दुई जना कास्की प्रहरीको फन्दामा परेका छन् ।

नक्कली २ वटा बाला देखाई सक्कली सुनको बाला हो भन्दै ठग्न खोज्ने २ जनालाई प्रहरीले पोखराको न्यूरोडस्थित एक होटलबाट पक्राउ गरेको हो । ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका –८ बसन्तपुर स्थायी घर भई हाल पोखरा ४ रामकृष्णटोल बस्दै आएका ३५ वर्षिय श्याम भनिने धर्मेन्द्र खाती र स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका वडा नं. ४ रापाकोट घर भई हाल पोखरा – १६ घार्मी बस्दै आएका ४० वर्षिय डिल बहादुर बि.क.हुन् । उनीहरुलाई प्रहरीले असार ३१ गते दिउँसो २ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका खाती र विकलाई प्रहरीले कास्की जिल्ला अदालतबाट आपराधिक षडयन्त्र सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।