पोखरा महानगरपालिकाको न्यायिक इजलास सुरु भएको छ।
स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै स्थगित भएको इजलास नयाँ जनप्रतिनिधि आएसँगै संचालनमा आएको हो।
नेपालको संविधानले न्यायिक समितिको संयोजकमा उमेयर र २ जना सदस्य नगरसभाबाट मनोनित गर्ने व्यवस्था छ।
संवैधानिक व्यवस्था अन्तर्गत महानगरको ११ औं नगरसभाबाट न्यायिक समिति सदस्यमा नगर सदस्यहरु कालिदास पोखरेल र भावना श्रेष्ठ मनोनित भएसँगै न्यायिक समितिले पूर्णता पाएको थियो।
देश संघीय संरचनामा गएपछि २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनपछि गठन भएको पहिलो न्यायिक समितिको संयोजकमा उपमेयर मञ्जुदेवी गुरुङ र सदस्यहरुमा पार्वती कार्की र किशोर बराल सदस्य थिए। गुरुङ दोश्रो पटक पनि उपमेयरमा निर्वाचित भएकी हुन्।
सदस्य कालिदास पोखरेललाई निर्वतमान न्यायिक समिति सदस्य पार्वती कार्की र भावना श्रेष्ठलाई निर्वतमान सदस्य किशोर बरालले पदस्थापन गराएका छन्। इजलास सोमबार र बुधबार गरी हप्तामा २ दिन संचालन हुँदै आएको छ। नयाँ समितिले साउनको पहिलो सोमबारबाटै इजलास सुरुवात गरेको हो।
पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक गुरुङले कानूनको परिधिभित्र रहेर न्याय सम्पादन गरिने बताइन्। न्यायिक समितिमा रहँदा आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष रुपमा न्याय सम्पादन गर्ने उपमेयर गुरुङले प्रतिबद्धता जनाइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







