नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्दैछिन्।
गोकुलमले सामाजिक सञ्जाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ।
सावित्राले यसअघि चौथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन्। उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन्।
चौथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। सावित्राले त्यस सिजनमा १६ गोल गरेकी थिइन्। यो सिजनमा गोकुलमले उपाधि जितेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







