जनकपुरधाम । तराई–मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । निर्माण व्यवसायी कम्पनिका कारण सिरहाको औरही गाउँपालिका– १ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल निर्माण नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।गागन खोलामा निर्माणाधीन पुल निर्माण व्यवसायीका कारण अलपत्र पर्दा वर्षायाममा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको स्थानीयवासी मुकेश यादवले बताए ।
हुलाकी सडक अन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्् । पुल निर्माण कार्य सुरु भएको झण्डै दुई वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । पुल नहुँदा काम विशेषले सदरमुकाम सिरहा बजार आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहँुदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएको र डाईभर्सनसमेत बगाइएकोले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम बढ्ेको छ ।
करिब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरेको थियो तर पुल निर्माण सम्पन्न भएको १० वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर खोलाले साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाएर बग्न थालेपछि सो क्षेत्रका स्थानीयवासीको आवागमन कष्टकर बनेको छ ।सो खोलामा हीराचन रोशन कन्ट्रक्सन प्रालीमार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ ।
तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा बढ्दा स्थानीयवासी निराश बनेका छन् ।सम्झौता अनुसार नै काम अघि बढाएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साइट इञ्चार्ज दानालाल यादवले बताउनुभयो ।यस्तै निर्माण नसकिँदै भाँसिएको कमला नदीको पुल एक वर्षमा पनि पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन् । धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण कार्य सम्पन्न नहुँदै गत २०७८ असार ३१ आएको बाढीले भाँसिएको थियो । भासिएको पुल पुनःनिर्माण नहँुदा निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन् ।बाढीका कारण पहिला पूर्वतर्फको ‘स्पर’ भासिएको थियो ।
त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो ।कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरूमा सो कम्पनिले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकेर बाहिरिएपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो ।पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो । तर हस्तान्तरण नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन् ।
कमला नदीमा पुल निर्माण भएपछि खुसी भएका सो क्षेत्रका सर्वसाधारण पुल भासिएपछि भन्ने निराश बनेका छन् ।अब कहिले पुल बन्ला र सहज रुपमा यात्रा गर्ने हो भन्ने निश्चित नभएको उनको गुनासो छ । निर्माण कार्य सम्पन्न गरी हस्तान्तरणको तयारी भइरहेका बेला कमला खोलामा आएको बाढीले पुल भासिएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग समेत उठ्दै आएको छ । डिजाइन गल्ती भएको र डिजाइन अनुसार काम नभएको भन्दै विभिन्न राजनीतिकर्मी, सङ्घ संस्था र प्रदेश सरकारले छानविनको माग गरेका हुन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







