गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगर कोरोना संक्रमण मुक्त भएका छन् । उनी आईतबार कोरोना संक्रमण मुक्त भएका हुन् ।
मन्त्री थापा मगरले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमण मुक्त भएको जनाएका छन् । मन्त्री थापालाई गत कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनलाई लक्षण भने कात्तिक ६ गतेदेखि नै देखिएको थियो ।
मन्त्री थापा मगरले कोरोनालाई उच्च मनोवल बनाएर बारम्बार तातोपानी खाएर जित्न सकिने बताएका छन् । तर कोरोना लाग्न नदिनका लागि उच्च सतर्कता अप्नाउन उनले सम्पूर्णलाई आग्रह गरेका छन् ।
मन्त्री थापा मगरले आफूले कोरोना जितेकाले अब आफू मन्त्रालयको काममा फर्किएर जनताको सेवामा खटिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







