पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरेली नागरिकको विश्वास गुम्न नदिने बताएकी छन् ।
पोखरा महानगरपालिका वडा नम्वर ३१ मा रहेको श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रममा आयोजित रोठ अर्पण, गोरखनाथ बाबा ढलान बाटो उद्घाटन र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा बोल्दै उनले पोखरेली जनताले दोश्रो पटक पनि उपमेयर पदमा विश्वास गरेर जिताएको बताउदै त्यो विश्वासलाई कायम राख्ने गरी काम गर्ने बताइन् ।
उनले पोखरा महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको समेत बताउनुभयो । ‘पोखराका सबै वडामा समानुपातिक विकास हुनुपर्छ भन्ने मान्यता राखेर अगाडी बढेका छौ । त्यसैले भरर्खर नयाँ बजेट ल्याएका छौ । बजेटमा हामीले पूर्वाधारलाई प्राथमिकता दिएका छौ ।’ उहाँले कार्यकालमा १५८५ किलोमिटर सडक निर्माण गरेको बताउदै यस वर्षपनि पूर्वाधारमा ४ अर्व ५३ करोड बजेट विनियोजन गरेको जानकारी दिइन् ।
पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न यहाँका धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रहरुको विकास गर्नुपर्नेमा जोड दिइन् । ‘पोखरा पर्यटकीय सहर हो । यहाँका सम्पदाहरुको संरक्षण गदै पर्यटकीय आकर्षण बनाउन महानगरले काम गरिरहेको छ ।’ कार्यक्रमा पोखरा ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नम्वर ३१ का अध्यक्ष ढकनाथ कडेल, नरनारायण थापा, राममणि अधिकारी, गोरखनाथ बाबा ढलान बाटो निर्माण समितिका सचिव कृष्णप्रसाद ढुंगाना, शिव गोरक्षनाथ पीठ सिद्धाश्रमका सचिव भरतप्रासद तिवारी लगायतले साविक लेखनाथको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
पोखरा महानगरपालिकको १२ लाख रुपैयाँको लागतमा २०५ मिटर सडक ढलान गरिएको हो । उक्त सडकको उपमेयर गुरुङले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपप्रमुख गुरुङ सहित वडा नम्वर ३० र ३१ का वडा अध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







