गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ।
मंगलबार पीसीआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो।
मंगलबार बिहान स्वाब टेस्ट गराएका मुख्यमन्त्रीको साँझमात्र परीक्षणको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो।
मुख्यमन्त्रीलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो।
चिकित्सकका अनुसार उनमा हाल हल्का ज्वरो छ। त्यस्तै, अक्सिजनको मात्रा, छातीको अवस्था सामान्य छ। आज (बुधबार) बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल मुख्यमन्त्री पोखरास्थित सरकारी निवासमै विश्राम लिएका छन्।
कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै मुख्यमन्त्रीले मास्क, स्यानीटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







