गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै भएका छन् । पछिल्लो एक हप्तामा गण्डकी प्रदेशमा कोरोना संक्रमित थपिने संख्या भन्दा निको हुने संख्या धेरै भएको हो । गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा ५ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा ६ सय १० जना कोरोना संक्रमित निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो एक हप्तामा १८ जनाको कोरोनाले ज्यान गएकोपनि निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको वुलेटिनमा उल्लेख छ । यहि अवधीमा १७ जना निको भएका छन् । शुक्रबार र शनिबार कोरोना संक्रमितको संख्या थपिने भन्दा निको हुने धेरै भएपनि आईतबार भने निको हुने भन्दा थपिनेको संख्या बढी भएको हो ।
गण्डकी प्रदेशमा हालसम्म १४१ जनाको कोरोनाले ज्यान गइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







