नेलम्बो नेपालले आईतबार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी अन्नपूर्ण गाउँपालिका वडा नं. १ नागडाँडामा रहेको महेन्द्र आधारभूत प्रा.वि. र पोखारा महानगरपालिका वडा नं. २० भलामको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं. १ नागडाँडाको महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी अधिकारीलाई संस्थका अध्यक्ष एकदेव देवकोटाले स्वास्थ्य सामग्री हस्तान्तरण हस्तान्तरण गरेका हुन् ।
नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्रीहरु (डिस्पोजिवल ग्लोबस, के.एन ९५ माक्स, फेस सिल्ड, थर्मल गन, सेनिटाइजर स्ट्याड,सेनिटाइजर ११ लिटर, स्प्रे बोतल, हात धुने साबुन, डिउरा सेल ब्याट्री ) वितरण गरेको नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल आफ्नो नियमित कार्यक्रमको अलावा कोभिड १९ को विषम् परिस्थितिमा विशेष कार्यक्रमको रुपामा अगाडी बढाई सम्बन्धित ठाउँका स्थानिय निकायसँग समन्वय गरी स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिरहेको बताए ।
नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिकालाई कोभिड १९ को महामारीमा जुध्न स्वास्थ्य सुरक्षका सामग्री पटक पटक हस्थान्तरण गरेको र त्यस पालिका भरि एक घर एक साबुन, एक सचेतना ब्रोसर र एक व्यक्ति एक माक्स हस्तान्तरण गरेको बताए । उनले विद्यालयहरु खोलेर पठनपाठन गर्ने परिस्थिति र्सिजना भएमा गाउँपालिकासँग समन्वय गरि प्रत्येक विद्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गर्न नेलम्बो नेपाल तयार रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले नेलम्बो नेपाल विगत वर्षहरु देखि नै अन्नपूर्ण गाउँपालिकामा सक्रिय रुपमा कार्यहरु गर्दै आईरहेको र यो कोभिडको विषम् परिस्थितिमा विर्सनै नसकिने सह्राहनीय कार्य गरेको बताए ।
त्यस्तै, नेलम्बो नेपालले आजै पोखरा महानगर पालिका वडा नं. २० मा रहेको भलाम स्वास्थ्य चौकीलाई ( डिस्पोजिवल ग्लोबस, के.एन ९५ माक्स, फेस सिल्ड, थर्मल गन, सेनिटाइजर स्ट्याड,सेनिटाइजर ११ लिटर, स्वडीयम हाइड्रोक्लोराइड, स्प्रे बोतल, हात धुने साबुन, डिउरा सेल ब्याट्री ) प्रदान गरेको छ । उक्त स्वास्थ्य सामग्री नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले वडाध्यक्ष सिम गुरुङ्गलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा धन्यवाद दिदै वडाध्यक्ष सिम गुरुङ्गले नेलम्बो नेपालले छोटो समयमा नै समाज रुपान्तरणमा उल्लेखनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे । महेन्द्र आधारभुत विद्यालयमा रु २९,३७५ र भलाम स्वास्थ्य चौकीमा रु ४९,०७० रुपैया गरी जम्मा रु ७८,४४५ रुपैया वरावरको स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







