भानुभक्त मा.बि.मा अभ्यास अदालत प्रतियोगिता  

- बेवारिसे बालक “संघर्ष”को नागरिकता प्राप्तिकालागि संघर्ष गर्दै भानुभक्तका कानुनका बिद्यार्थी


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित




पोखरा । अन्दाजी ५ दिनको शिशु वेवारिसे अवस्थामा मकैबारीमा फेला परे। मातृत्व र पितृत्वको ठेगान नभएका निजको उद्धार गरीस्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरी “संघर्ष” नामाकरण गरियो। स्थानीय एक बालगृहमा हुर्कंदै गरेका निज विद्यालय जानेउमेरका भए तर मातृत्व र पितृत्वको ठेगान नभएका निजको जन्मदर्ता हुन नसकेको कारण विद्यालयले भर्ना लिन मानेन अन्ततः स्थानीयतहको सिफारिसका आधारमा विद्यालयमा भर्ना गरियो। निज अध्ययन तथा अतिरिक्त क्रियाकलाप सबैमा काबिल बन्दै गए। विद्यालयशिक्षाका क्रममा विद्यालय स्तर देखी जिल्ला स्तर हुँदै राष्ट्रिय स्तरका प्रतियोगितामा प्रथम हुन सफल सङ्घर्षले अन्तराष्ट्रियप्रतियोगितामा सहभागी हुने ढोका खोले। सानै उमेरमा प्राप्त सो अवसर निजले गुमाउनु पर्यो कारण निजको पासपोर्ट बन्न सकेन किनकीउनी वेवारिसे अवस्थामा फेला परेका बालक भएका कारण जन्मदर्ता हुन सकेको थिएन। जन्मदर्ता नभएकै कारण निजको पासपोर्टबनेन। यत्तिकैमा उनी हर्किँदै गरेको बालगृह धर्म प्रचारमा लागेको भन्दै विवादमा तानियो, बालगृहका एक सञ्चालकलाई प्रहरीले पक्राउगर्यो, अन्य सञ्चालक भागेर विदेश गए। प्रहरीले पक्राउ गरेका सञ्चालकले प्रहरी हिरासतमै आत्महत्या गरे बालगृह सञ्चालक विहीनभयो राज्यले सो बालगृहको दर्ता खारेजीको प्रक्रिया अगाडि बढायो। सङ्घर्ष नागरिकता प्राप्त गर्ने उमेरका भए। निजले नागरिकता प्राप्तगर्ने स्पष्ट व्यवस्था संविधान र ऐनले गरेको भयता पनि नियमावलीले बालगृह सञ्चालकको सिफारिस पेश गर्नुपर्ने व्यवस्था गरको र निजहुर्के बढेको बालगृह सञ्चालक बिहिन भै खारेजीको प्रकृयामा गएका कारण नागरिकता प्राप्तिका निमित्त निवेदन दिँदा नियमावलीको व्यवस्था अनुरूपको बालगृह सञ्चालकको सिफारिस पेश गर्न सम्भव भएन अन्ततः निजको नागरिकता प्राप्तिको निवेदन जिल्ला प्रशासन कार्यालयले दरपिठ गरिदियो, निजको नागरिकता प्राप्तिको मार्ग अवरुद्ध भयो। अन्तिम विकल्पको रुपमा सङ्घर्षले संविधान र ऐन विपरित नागरिकता नियमावलीको व्यवस्थाले आफ्नो नागरिकता प्राप्तिको मार्ग अवरुद्ध गरेको भन्दै नागरिकता नियमावलीका व्यवस्था उत्प्रेषणको आदेश द्वारा खारेज गर्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरे र निजको पक्षमा बहस गर्न भानुभक्त आवासीय माध्यामिक विद्यालय (+२ ) स्कुल अफ ल पोखरा १ सिम्पानीमा कक्षा १२ मा कानून अध्ययनरत विद्यार्थीहरू पुगे।

झट्ट हेर्दा वास्तविक जस्तै लाग्ने माथिको घटना घटनाका पात्र “संघर्षको” जीवनको वास्तविक घटना नभै नागरिकता प्राप्तिको लागी संघर्ष गरिरहेकाहरूको प्रतिनिधित्व गर्ने घटना हो। यसलाई भानुभक्त ‌+ २ स्कुल अफ ल ले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तर्गत ”अभ्यास अदालत प्रतियोगिता” को मुद्दा बनाएको थियो। विद्यार्थीहरूले सोही मुद्दामा निवेदक र प्रत्यार्थी (पक्ष/विपक्षी) को रुपमा विद्यालयको नमुना इजलासमा बहस पैरवी गरेका थिए। प्रारम्भिक चरणमा प्रति समुह ३ जना रहेका १३ समुहले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको प्रारम्भिक चरणको निर्णायकको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका कानुन अधिकृत आमोदकिशोर दाहाल, जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधिवक्ता महेश अर्याल, अधिवक्ता ईश्वर परियार र अधिवक्ता प्रदीप अधिकारी रहेका थिए ।

प्रारम्भिक चरण बाट छनोट भएका समुह बिच भानु जयन्ती र गुरु पुर्णिमाको दिनमा सञ्चालित अन्तिम चरणको प्रतिस्पर्धामा प्रमुख अतिथी तथा निर्णायक मण्डलको रुपमा आसिन कास्की जिल्ला अदालतका न्यायाधिशद्वय बिष्णुप्रसाद उपाध्याय र बाबुराम सुवेदी समक्ष विद्यार्थीहरूले बहस गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका संस्थापक प्रिन्सिपल दिनेश कुमार लामिछानेले यस्ता कार्यक्रमले विद्यार्थिको व्यक्तित्व विकासमा सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । प्रतियोगिताको अवलोकन गर्नपृथ्विनारायण क्याम्पस पोखरा र गण्डकी विश्वविद्यालयमा BALLB अध्ययन गर्ने विद्यार्थीको समेत उल्लेख्य उपस्थीती रहेको थियो।सहभागिहरुले +२ तहमै यस्ता खालका कार्यक्रम सञ्चालन गर्नु प्रशंसनिय रहेको जनाउदै यसले कानुनको क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्नमा टेवा पुर्याउने विश्चास व्यक्त गरेका थिए।

प्रतियोगितामा निरज कार्की, सुहाना पौडेल र गौरब सुवेदीको समुह प्रथम, सञ्जना थापा, प्रिती अधिकारी र प्रतिक्षा सुबेदीको समुहद्वित्तिय, सृष्टि शर्मा, साईमन कार्की र अस्मिता दाहालको समुह उत्कृष्ट लिखित बहसनोट प्रस्तुतकर्ता र निरज कार्की उत्कृष्ट बहसकर्ता हुन सफल भै पुरस्कृत भएका थिए। विजेतालाई प्रमुख अतिथि उपाध्याय र सुबेदीले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।विद्यार्थिको प्रस्तुतिमा प्रतिकृया दिदै न्यायाधिश उपाध्यायले प्रतियोगिताले सैद्धान्तिक ज्ञानलाई व्यवाहारीक ज्ञानमा रुपान्तरण गर्न महत्वपुर्ण भुमिका खेल्ने जनाउनु भयो। IL को विकल्पको रुपमा सुरुवात भएको +२ तहको कानुन अध्ययनरत विद्यार्थीको प्रस्तुतिले पुनःन्यायपालिकामा दक्ष सहायक जनशक्तीको उपलब्धता हुने कुरामा आफु विश्वस्त भएको उल्लेख गरे । त्यस्तै न्यायाधिश बाबुराम सुवेदीले विद्यार्थिको आत्मविश्वास, खोज र साभार प्रशंसनिय रहेको उल्लेख गर्दै विद्यार्थिको उज्ववल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा विद्यालयको कानुन संकाय संयोजक प्रदीप अधिकारीले उत्साहपुर्वक सहभागि विद्यार्थि तथा अतिथि र निर्णायकको रुपमा आसिन कास्की जिल्ला अदालतका न्यायाधिश प्रति कृतज्ञता व्यक्त गर्दै अभ्यास अदालत प्रतियोगिताकोऔचित्यको बारेमा प्रष्ट पारेका थिए । अधिकारीले सबैको साथ र सहयोगले विद्यालयलाई थप सृजनशिल कार्यक्रम सञ्चालन गर्दै कानूनका शशक्त जनशक्ति उत्पादन गर्ने हौसला मिलेको उल्लेख गर्दै धन्यवाद ब्यक्त गरेका थिए । प्रतियोगिताको प्रशिक्षक तथा कार्यक्रमको सञ्चालकको रुपमा विद्यालयबाट +२ तहमा कानुन अध्ययन पुरा गरि हाल पृथ्वीनारायण क्याम्पस पोखरामा BALLB अध्ययनरत विद्यार्थी भानुभक्त लम्साल र सुप्रिया श्रेष्ठ रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।