करारका कर्मचारी नहटाउन माग


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित




साङ्केतक तस्विर


बलेवा । नेकपा एमाले बागलुङ नगर कमिटीले बागलुङ नगरपालिकामा कार्यरत करारका कर्मचारी नहटाउन माग गरेको छ । बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई एमाले नगर कमिटी अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पुगेको टोलीले मङ्गलबार ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

नगरपालिकाले गत असार मसान्तमा १३ जना कर्मचारीको करार रद्द गरेको थियो । उनीहरु प्रक्रिया नपुगी करारमा आएकाले रद्द गर्नु परेको नगरपालिकाको भनाइ छ । गत ५ वर्षमा बागलुङमा १०३ जना कर्मचारी करारमा नियुक्त भएका थिए । उनीहरुमध्ये प्रक्रिया नपुगेकाको म्याद थप नभएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।