बुधबार बिहानदेखि सुरु भएको वर्षाले पर्वतका किसानलाई राहत मिलेको छ।
खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन्। जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ।
बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भएपनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन। सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए।
‘पानी परेपछि राहत मिलेको छ,’ जैमिनी नगरपालिका–९ का टंकप्रसाद शर्माले भने।
यसअघि, रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए। वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताए। असारको अन्तिम सातायता साउन ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन। किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए।
असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ। वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन्। जिल्लाभर ४ हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने १ हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







