सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले युएस ओपन गुमाउने संभावना बढेको छ।
कोरोनाविरुद्धको खोप लगाउन अस्वीकार गर्दै आएका जोकोभिचले खोपकै कारण युएस ओपन पनि खेल्न नपाउने संभावना बढेको बीबीसीले जनाएको छ।
अमेरिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिएको छ। तर, जोकोभिचले खोप लगाउन अस्वीकार गर्दै आएका छन्। जोकोभिचले यसअघि ३ पटक युएस ओपनको उपाधि जितेका छन्।
युएस ओपन आयोजकले खोपको विषयमा अमेरिकी सरकारको नियमको सम्मान गर्ने बताएसँगै जोकोभिचले प्रतियोगिता गुमाउने संभावना बढेको हो। खोप नलगाएकै कारण उनले यसै वर्षको सुरुमा अस्ट्रेलियन ओपन पनि गुमाएका थिए। भर्खरै विम्बल्डनको उपाधि जितेका जोकोभिचलाई युएस ओपनको पनि दाबेदार मानिएको थियो।
जोकोभिचले केही राम्रा समाचारको आसा गरिरहेको बताएका छन्। तर, उनले खोप लगाउने या अमेरिकासँग प्रवेशका लागि आग्रह गर्ने भन्नेबारेमा खुलाएका छैनन्। इुएस ओपन आउँदो अगस्ट १९ देखि सेप्टेम्बर ११ तारिखसम्म आयोजना हुँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







