चिल्ड्रेन नेपालले सडक बालबालिका सँगै रहेर अन्तराष्ट्रिय बालदिवस मनाएको छ।
अन्नपूर्ण गाउँपालिका लेवाडेस्थित फुलबारी स्रोत केन्द्रमा रहेका सडक बालबालिकासँग चिल्ड्रेन नेपालले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाएको हो।
बालबालिकासँगै गित गाउने असल कथाहरु ऋादान–प्रदान गर्ने जस्ता सिर्जनात्मक रमाइला गतिविधि गरेर चिल्ड्रेन नेपालले दिवस मनाइएको हो।
कार्यक्रममा बालबालिकाहरुले भबिस्यमा आफू कस्तो ब्यक्ती हुने बिषयमा आफ्नो सुन्दर भबिस्य बारेमा बताएका थिए।
उक्त दिवसका दिन बालबालिकाहरु ले नेपाली ढाका टोपी पनि लगाएका थिए ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एबम संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले सरकारले सडकमा रहेका बालबालिकाहरुको पुनःस्थापन गर्ने अभियानमा संस्थाको साथ रहने कुरा व्यक्त गरे।
कार्यक्रममा संस्थाका बरिस्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बालबालिकाहरुलाई सुरक्षित र ब्याक्तित्व बिकासमा उनीहरुको शिक्षा ,स्वस्थ जस्ता संबेदनसिल बिषयमा सबै सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहने कुरामा जोड दिइन्।
कार्यक्रममा केन्द्रको सुरक्षार्थ खटिएका प्रहरी जवान प्रकाश बोहरा र पोखरा महानगरपालिकाका सुरक्षाकर्मी बलराम लामगादेलगायतले बालबालिकालाई सुन्दर भबिष्य बनाउन शुभकामना दिए।
संस्थाका सह–सयोजक रमेश सुबेदीले कार्यक्रमको सहजीकरण गरेका थिए।
‘सुन्दर भविष्यको परिकल्पनाः बालबालिकालाई राखौं संधै प्राथमिकतामा’ भन्ने मूल
नाराका साथ चिल्ड्रेन नेपालले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउँदै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







