नेपाल निजामति कर्मचारी संगठनले सार्वजनिक सेवाप्रति गंभीर बन्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।
संगठनको गण्डकी प्रदेश कमिटीले बिहीबार प्रदेश मुख्यमन्त्री तथा मन्त्रिी परिषदलाई ६ बुँदे ध्यानाकर्षणपत्र मार्फत सार्वजनिक सेवा प्रवाप्रति गंभीर बनी कार्यान्वयनका लागि माग समेत गरेको छ।
संगठनका अध्यक्ष अशोक खनाल र महासचिव रामचन्द्र पहारी हस्ताक्षरित ध्यानाकर्षणमार्फत प्रदेशमा क्रियाशील राष्ट्रियस्तरका ट्र्ेड युनियन, आधिकारिक ट्रेड युनियन र सरोकारवालासँग छलफल गरी प्रदेश निजामति सेवा ऐन तत्काल जारी लगायतका माग राखेका छन्।
अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई पुनः काममा फर्काउने वातावरण बनाउन आग्रह गरिएको छ। नयाँ आर्थिक वर्ष सुरु भएदेखि अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई आव २०७९÷०८० को साउन १ गतेदेखि काममा नआउनु भनि पत्र, फोन र म्यासेजबाट खबर गर्ने र हाजिरी खाता बन्द गर्ने काम कारवाही रोक्न समेत माग गरिएको छ।
‘कर्मचारीहरुलाई विना कारण सेवाबाट हटाउने कार्यले सार्वजनिक प्रशासनमा पजनीको आभाष भएको छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ, ‘पूर्वाग्रही र निन्दनीय कार्यहरु बन्द गर्न र कर्मचारीहरुलाई पुनः काममा फर्काउने वातावरण सिर्जना गरियोस।’
आस्थाको आधारमा कर्मचारीलाई दुःख दिने, सरुवा गर्ने र करारका कर्मचारीलाई म्याद थपका लागि अवरोध गर्ने कार्यलाई तत्काल रोक्न समेत माग छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







