रसुवा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुञ्चेमा पहिलो पटक प्रयोगशाला सेवा शुरू गरेको छ । दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गरे । प्रयोगशालामा रगत र दिसापिसाब परीक्षण गरिने डा अमूल्य दाहालले जानकारी दिए ।
केन्द्र सञ्चालक समितिका अध्यक्ष दावा मिङ्मर तामाङका अनुसार प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति रहेको र उत्तरी रसुवाका करिब १० हजार बासिन्दालाई सेवा दिने लक्ष्य लिइएकोे छ । भाडाका घरमा रहेको केन्द्रलाई साविक जिल्ला कृषि विकास कार्यालयको भवनमा व्यवस्थित गराई १५ शय्याको अस्पताल सञ्चालन गराउन आफूले समन्वय गरिरहेको जिसस प्रमुख घिमिरेले बताए ।
ढिलै भए पनि आयुर्वेद पद्धतिको उपचार रसुवामा प्रभावकारी हुँदै गएको बताउँदै गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दावासिदार वाइवाले आफूले अस्पताल सञ्चालन गराउने कार्यमा पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाए । जिल्लामा अब रसुवा अस्पताल र जिल्ला आयुर्वेद केन्द्रसमेतका दुई प्रयोगशाला सेवाले काठमाडौँ तथा नुवाकोट त्रिशूलीमा रिफरको समस्या हट्ने विश्वास स्थानीय बासिन्दाले गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







