मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

विश्वभर संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ।

यस भाइरसबारे डब्ल्यूएचओको आपतकालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको सार्वजनिक भएको हो।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार, विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि भएका छन्। मङ्कीपक्सका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ।

डा. टेड्रोसका अनुसार आपतकालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन।

तर, प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताएका छन्।

‘डब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ,’ डा. टेड्रोसले भने।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।