संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठक गर्न इराकको आग्रह


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित




इराकको उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा घातक बम विस्फोटपछि इराकले शनिबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठकको आग्रह गरेको छ।

इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ।’

आक्रमणमा दुहोक प्रान्तमा ९ सर्बसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए।

टर्कीले गत बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरेको थियो।

इराकी सरकारले टर्की सेनालाई आक्रमण गरेको आरोप लगाएको छ। अंकाराले आरोप अस्वीकार गरेको छ।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।