उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा ६ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित




हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ।

शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

५ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। तीर्थयात्री हरिद्वारबाट ग्वालियरतर्फ गइरहेका थिए। ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ।

कन्वर यात्रा भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो। कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गंगोत्री र बिहारको सुल्तानगन्जबाट गंगाजल ल्याएर भगवान् शिवलाई चढाउँछन्। कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा २ वर्षपछि सुरु भएको छ। तीर्थयात्रामा कुनै अप्रिय घटना हुन नदिन विभिन्न क्षेत्रका प्रशासनले आवश्यक उपाय अपनाएका छन्।

रासस/एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।