काठमाडौँ । समाजमा बढ्दै गएको लागुपदार्थ र्दुव्यसन विरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् । ढिला नगरी लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामाजिकस्तरबाट प्रभावकारी अभियान चलाउनुपर्ने खाँचो रहेको कार्यक्रमका वक्ताको भनाइ थियो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले राजधानीमात्र नभइ गाउँगाउँमा लागुऔषध र्दुव्यसनको अखडा बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । गोकर्णेश्वर नगरपालिकाका–नगर प्रमुख दीपक रिसालले संस्कार भुल्दै गएकाले समाजमा समस्या आउन थालेको बताए । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले लागुऔषध र्दुव्यसन को सङ्ख्या डढेलो जस्तै फैलिँदै गरेको परिवेशमा घरघरबाट लागुऔषध र्दुव्यसन विरुद्ध चेतना फैलाउनुपर्ने बताए।
यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता थियो । शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनीले लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामूहिक प्रयासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसविरुद्ध सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । कार्यक्रममा समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य जीवन्ती अर्याल, गान्धी आदर्श माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष डा गणेशराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष हरिभक्त पुडासैनी र वडा नं ६ का अध्यक्ष प्रकाश फुँयालले र्दुव्यसन विरुद्ध ऐक्यबद्धता व्यक्त गरे ।
त्यस्तै तेजविनायक मावि सञ्चालक समितिका अध्यक्ष विदुर ढुङ्गाना, समाजका काठमाडौँ अध्यक्ष भगवान पुडासैनी, सेलिब्रेशन को–एडका संस्थापक आचार्य महेन्द्र भट्टराई, नेप्लिज कम्युनिटी एशोसियशन अष्टेलियाका अध्यक्ष मधुसुदन पुडासैनी, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डिएन सिवाकोटी, लिबर्टी एकेडेमीका प्रधानाध्यापक ओमप्रसाद ढकाललगायत वक्ताले लागुऔषध र्दुव्यसन विरुद्ध सामूहिक प्रयासको खाँचोमाथि चर्चा गरेका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







