बागलुङको बडिगाडमा जीप दुर्घटना, २ को मृत्यू, १ घाईते


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




बागलुङमा सोमबार विहान भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ६ मा पर्ने सुडखुडीमा लु.१ ज.४३७० नम्बरको जीप सडकबाट तल खस्दा २ जनाको मृत्यू भएको बागलुङ प्रहरीले जनाएको छ । दुर्घटनामा बडिगाड गाउँपालिका ४ की २३ वर्षिया टेकमाया राना र उनकी डेढ वर्षकी छोरी छायाँ रानाको मृत्यू भएको प्रहरीले बताएको छ ।

सडकमा राकेर राखेको जीप एक्कासी गुडेर सडकबाट झण्डै ७ सय मिटर तल खसेको स्थानियले बताएका छन् ।

द्युर्घटनामा १ जना घाईते भएका छन् । घाईते हुनेमा जीपमा सवार गौमती रोका रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।