नेपाल प्रेस यूनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।

हेटौंडामा भएको यूनियनको निर्वाचनमार्फत लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस निकट पत्रकारहरु संगठन प्रेस युनियनको संस्थापन पक्षबाट उम्मेद्वारी दिएका लम्सालले संस्थापन पक्षका अनिता विन्दुलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा नकुल अर्याल, महासचिवमा दिलिप पौडेल कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् ।
महाधिवेशन यही ६ र ७ साउनमा हेटौँडामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।