कास्की जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न प्रहरी उपरीक्षक (एसपी) अजय केसी आउने भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयले केसीलाई कास्कीमा काज सरुवा गरेको हो।
प्रहरी प्रधान कार्यालयले आइतबार ११ जना (एसपी) काज सरुवा गर्दा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन्।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापा तालिमको सिलसिलामा अमेरिका गएपछि डीएसपी सुन्दर तिवारीले निमित्त चलाइरहेका छन्। गत वर्ष असार २१ गते कास्की आएका थापा असार २१ मै तालिमका लागि कास्कीबाट गएका थिए।
सरुवा सूची अनुसार कास्कीमा केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढामगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलीप घिमिरे छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







