विप्लव नेतृत्वको नेकपा लमजुङ र मनाङ ईञ्चार्ज भण्डारीसहित ५ पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङ ईन्चार्ज जंगबहादुर भण्डारीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ प्रहरीलाई उनीहरुलाई गएराती पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी किरण राणाले जानकारी दिए ।

ईञ्चार्ज पाएर कार्यक्षेत्रमा गएको पहिलो दिनमै ईञ्चार्ज भण्डारी पक्राउ परेको नेकपा निकट श्रोतले बताएको छ । पक्राउ पर्ने अन्यहरुमा नेकपा लमजुङका सेक्रेटरी गौरव, युवा अध्यक्ष रवीन्द्र नखुला, नारायण कुवँर र दुर्गा मंगल रहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।