साफ यू–२० च्याम्पियनसिप : नेपालको सानदार शुरुवात, मादिल्भ्स ४–० ले पराजित


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित




काठमाण्डौँ — नेपालले साफ यू–२० च्याम्पियनसिपमा सोमबार सानदार विजयी सुरुवात गरेको छ । भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले मादिल्भ्सलाई ४–० ले पराजित गरेको हो ।

भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात देखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो ।

नेपालको तर्फबाट अभिषेक वाइबा, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको ४१औं मिनेटमा वाइबा, ५७औं मिनेटमा सुवाल, ६२औं मिनेटमा पेनाल्टीमार्फत छुन्जु र इन्जुरी समयमा नकर्मीले गोल गरेका हुन् ।

४ गोल गरे पनि नेपालले पाएको धेरै अवसरहरू गुमाएको थियो । यद्यपि माल्दिभ्सका खेलाडीहरूले पनि पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।

त्यस्तै तेस्रो खेल आइतबार भारतसँग हुनेछ भने समूहको अन्तिम खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।