संसदीय सहयोग कार्यक्रमका फेलोबारे अन्तरक्रिया


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित




पुर्वाब्यबसयिक संसदीय सहयोग कार्यक्रमका फेलोबारे पोखरामा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

पोखरा रिसर्च सेन्टरको आयोजनामा गण्डकी प्रदेश सभाका सदस्यहरुबीच अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा पुर्वाब्यबसयिक संसदीय सहयोग कार्यक्रमका फेलोहरुले तयार पारेको प्रदेशसभाका सदस्यहरुको प्रोफाइलको प्रस्तुतिकरण गरिएको थियो। जसलाइ फेलोहरुले प्रदेशसभा सदस्यहरुले प्रदेशसभामा प्रस्तुत गरेका र उठाएका विषयवस्तुबारे सुष्म अनुसन्धान गर्दै तयार पारेका हुन्।

खुला छलफलमा गण्डकी प्रदेश सभाको विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, विधायन समिति सदस्यहरु धनञ्जय दवाडी, धनमाया पोखरेल लामा, राजीव पहारी, पियारी थापा र अर्थ तथा विकास समितिका सदस्य ईन्द्रलाल सापकोटाले राखेका जिज्ञाशाहरुको उत्तर दिएका थिए।

पोखरा रिसर्च सेन्टरले नीति निमार्णमा युवाहरुको सहभागिता गराउने उद्देश्यले पोखरा गण्डकी प्रदेशका ११ जिल्लाहरुबाट २० देखि ३० बर्ष उमेर समूहका ५० जना युवाहरुलाई छनोट गराई प्रदेशमै पहिलो पटक २०२० मा पुर्व ब्यबसायिक संसदीय सहयोग फेलोशिप कार्यक्रम (प्रि प्रोफेसनल पार्लियामेन्टरी सपोर्ट प्रोग्राम फेलोसिप) आयोजना गरी हाल २०२१/२२ मा गण्डकी प्रदेशमा दोस्रो कोहर्ट र कर्णाली प्रदेशमा पहिलो कोहर्टको आयोजना गरेको छ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्यहरु लगायतका सबै सहभागीहरुलाई स्वागत गर्दै पोखरा रिसर्च सेन्टर कि मोनिका रानाभाटले प्रदेश सभाको सुदृढिकणमा सहयोग गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्।

यस कार्यक्रम गण्डकी प्रदेशका युवालाई नीति निमार्ताहरुसँग रहेर कानुन निर्माण तथा सार्वजनिक नीतिमा ज्ञान हासिल गर्न आयोजना गरिएको नौलो किसिमको कार्यक्रम रहेको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।