पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित




पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।

सोमबार रातिदेखि परेको वर्षाका कारण आज (मंगलबार) बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड २ तर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्।

पहिरो हटाएर राजमार्ग २ तर्फी संचालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।