६३८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय नाघ्यो


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित




काठमाण्डौं । मंगलबार एकैदिन ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय र २ हजार ८४० जनाको एन्टिजेन परीक्ष गर्दा २३८ जनामा संक्रमढा पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधीमा थप २ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधीमा २१८ संक्रमणमुक्त भएका छन् ।

देशभर अव ३ हजार ७१४ जना सक्रिय कोरोना भाइरस संक्रमित छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।