म्याग्दी । म्याग्दी जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक अङ्गिकृति नागरिकतासमेत लिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नागरिकता र राहदानी लिनेको सङ्ख्या बढेको बताए ।
सहायक प्रजिअ शर्माका अनुसार गत आर्थिक वर्षमा चार हजार ५२८ साधारण र ८४४ द्रुत राहदानीका लागि सिफारिस गरिएकामा तीन हजार ८९२ राहदानी वितरण गरिएको छ । छ सय ३६ राहदानी वितरण गर्न बाँकी छ ।
आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार २०५ नयाँ र एक हजार ७१५ प्रतिलिपी नागरिकता वितरण गरिएको थियो । यसैगरी एक हजार ९७५ साधारण र ४३५ द्रुत राहदानी सिफारिस गरिएकामा दुई हजार २० वितरण भएको थियो ।
राहदानी दस्तुर शीर्षकमा गत आर्थिक वर्षमा रु दुई करोड ३९ लाख ६० हजार ५०० राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष सो शीर्षकमा रु एक करोड नौ लाख २५ हजार राजस्व सङ्कलन भएको थियो ।
यसैगरी गत आर्थिक वर्षमा आठ हजार ५५ जनालाई राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ । आगलागी, चट्याङ, वर्षा र हिमपातबाट प्रभावितलाई रु दश लाख दश हजार, द्वन्द्वपीडितलाई रु पाँच लाख ८८ हजार राहत वितरण भएको छ ।
मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनःनिर्माणका लागि रु एक करोड ४३ लाख पचास हजार अनुदान भुक्तानी भएको छ ।
सैतीस नयाँ संस्था दर्ता र १९७ नवीकरण, २७५ नाबालक परिचयपत्र, ७०९ विविध सिफारिस, ५५ हातहतियारको नवीकरण, चार हातहतियार नामसारी र ४५५ भूपु सैनिक पेन्सन सिफारिस भएको छ । पचहत्तर ठाडो उजुरी परेको प्रशासनमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका १८ सहित २५ मुद्दा दर्ता भएकामा १९ फस्र्यौट भएका छन् ।
संस्था दर्ताबाट रु तीन लाख ७० हजार ७३५, हातहतियार नवीकरण तथा नामसारीबाट रु छ लाख १० हजार २००, प्रशासनिक दण्डजरिवानाबाट रु एक लाख पाँच हजार ४१५, न्यायिक दण्ड जरिवाना र जफत शीर्षकमा रु पाँच हजार तथा धरौटी शीर्षकमा रु ८२ हजार २६५ राजस्व सङ्कलन गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







