माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज (बुधबार) २ बजे प्रकाशित हुँदैछ।
नयाँ कार्यविधिमा भएको केही प्रावधान हटाएर गत वर्षकै आधारमा ग्रेडिङ विधि लागु गरी परीक्षाफल प्रकाशित गर्ने भएको हो।
लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्दा धेरै विद्यार्थीले लब्धांकपत्र नपाउने र ननग्रेडेड आउने देखेपछि। राष्ट्रिय परीक्षा बोर्डको बैठकले गत सालकै कार्यविधिअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो।
हिँजो (मंगलबार) दिउँसो परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डको बैठक डाकिएको थियो। तर, बैठक अघिल्लो परीक्षाको कार्यविधि र एक्सफेल विद्यार्थीको संख्याको निर्णय गरेर सकेको थियो। स्रोतका अनुसार एक्सफेल विद्यार्थीको संख्या १ सय ३ रहेकोे छ।
स्रोतका अनुसार बैठकमा मंगलबार नै परीक्षाफल प्रकाशित गर्न दबाब बढेको थियो। तर, बोर्डले केही ठोस कारण नै नभई आज बुधबारलाई सारिएको दाबी गर्दै स्रोतले भन्यो– ‘बोर्डका सदस्यले डमी परीक्षाफल, पुरानै कार्यविधिअनुसार नै प्रकाशित गर्ने निर्णय गरिसकेको थियो। तैपनि, बोर्डका अधिकारीले भोलि गरौं भनी परीक्षाफल प्रकाशित गरेनन्।’
आजको नेपाल समाचारपत्रमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





