रूसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित




रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ।

ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ।

देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ।

ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक हप्ता पनि नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको हो।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहो¥याएका छन्। तर उनले युक्रेनका सहयोगी पश्चिमा देशले त्यो नचाहेकोे दाबी समेत गरेको समाचारमा जनाइएको छ। रूसी विदेशमन्त्री लाभरोभ युगान्डा भ्रमणमा छन्।
एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।