पछिल्लो २४ घण्टामा नेपालको कोरोना विवरण : थपिने भन्दा निको हुने डेढ गुणा बढी


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




नेपालमा सोमबार कोरोना संक्रमितको संख्या थपिनेको भन्दा निको हुने डेढ गुणा बढी भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ८० जना नया कोरोना संक्रमित थपिएका छन् । सोहि अवधीमा नेपालमा थपिएका कोरोना संक्रमितको संख्या भन्दा डेढ गुणा बढी अर्थात ३ हजार ४३ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय २८ जना पुगेको । त्यसमध्ये २ लाख २ हजार ६७ जना निको भएका छन् । हाल नेपालमा १८ हजार ८ सय ८४ वटा सकृय केस रहेकोपनि मन्त्रालयको वुलेटिनमा उल्लेख छ ।

नेपालमा कोरोनाले मृत्यू हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यू भएकोपनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।