सरकारपनि गुच्चा खेलेर बसेको छैन : गुरुङ


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सांसद मीना गुरुङले सरकार गुच्चा खेलेर नबसेको बताएकी छन् । कास्की क्षेत्र नम्बर २ (ख)को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रतिपक्षी दलका सांसदहरुले सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि उल्लेखनीय काम गर्न नसकेको भनेर आलोचना गरेपछि त्यसको जवाफ दिदै सत्तारुढ दल नेकपाकी सांसद गुरुङले भनिन्,‘सरकारपनि गुच्चा खेलेर बसेको छैन, संघ सरकार, गण्डकी प्रदेश सरकारलेपनि योजना बनाएकै छ, कार्यान्वयन गरिरहेकै छ ।’ सरकारले आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहेको भन्दै अझ प्रभावकारी बनाउनेबारे सरकारले योजना बनाइरहेको उनको भनाई थियो ।

सांसद गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि लगाउनुपर्ने पक्षमा आफू भएपनि कार्यविधि नै पूर्वाधार निर्माणका लागि भनेर आएपछि आफूहरुले सोहि अनुसार योजना छनौट गरेको बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।