आज हेपाटाइटिसविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित




आज जुलाई २८ तारिक अर्थात हेपाटाइटिस विरुद्धको अन्तर्राष्ट्रिय दिवस।

नेपालमा पनि हरेक वर्ष आजको दिन विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै यो दिवस मनाइँदै आएको छ।

विश्व हेपाटाइटिस अलाइन्सले १८ मे मा विश्व हेपाटाइटिस मनाउने निर्णय गरेता पनि सन् २०१० मे महिनामा विश्व स्वास्थ्य महासभाको ६३ औँ बैठकले २८ जुलाई हेपाटाइटिस ‘बी’ का खोजकर्ता डा. बारुच ब्लुमबर्गको जन्म दिवसमा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गरेसँगै यो दिवस आधिकारिक रूपमा मनाउन लागिएको हो। नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो।

विश्व स्वास्थ्य संगठनले यो वर्षको हेपाटाइटिसविरुद्धको दिवसका लागि I Can’t Wait अर्थात ‘अब, म पर्खिन्न’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको छ।

हेपाटाइटिस ‘ए’ देखी ‘इ’ सम्म गरी ५ प्रकारका हुन्छन्। तुलनात्मक रूपमा हेपाटाइटिस ‘बि’ र हेपाटाइटिस ‘सी’ बढी घातक हुन्छ। नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब २ लाख ५० हजार मानिसहरूमा हेपाटाइटिस ‘बी’ र लगभग १ लाख ३० हजार मानिसमा हेपाटाइटिस ‘सी’ अनुमान गरिएको छ।

विश्वमा प्रत्येक एक सेकेन्डमा एक व्यक्तिको हेपाटाइटिसबाट मृत्यु हुने गरेको तथ्यांकहरुले देखाएको छ। हरेक वर्ष १० लाख ४० हजार बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ। त्यसमध्य हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ बाट ९० प्रतिशतको मृत्यु हुन्छ। जबकि बाँकी १० प्रतिशत अन्य हेपाटाइटिस भाइरसका कारण हुन्छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।