सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि तथा पोखरापाटी डटकमका सञ्चालक घिमिरे
विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका नेता, कार्यकर्ता तथा पत्रकारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेकपा कास्कीले ७ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीवस्तीस्थित सुकुम्वासी बस्तीमा आयोजना गरेको जनसभा स्थलबाट नेकपाका कार्यकर्ताहरु कुमार परियार, यामप्रसाद भटराई, कालीबहादुर पाण्डे र विशाल श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले नेकपाका कार्यकर्ता भनेर पत्रकार राजकुमार घिमिरेलाईपनि पक्राउ गरेको छ । घिमिरे सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि तथा पोखरापाटी डटकमका सञ्चालक हुन् । घिमिरेलाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला नेपाल पत्रकार महासंघको मिसन टोलीले पोखरामा प्रहरी प्रशासनसँग छलफल गरी रिहा गराएको थियो ।
प्रहरीले जनसभा स्थलबाटै नेकपाका कार्यकर्ता तथा पत्रकार घिमिरेलाई पक्राउ गरेको बताएपनि नेकपा कास्कीले भने जनसभाबाट फर्किदै गरेकालाई बाटोमा पक्राउ गरेको दाबी गरेको छ । बाटोमा हिंडिरहेका बेला घेरा हालेर उनीहरुलाई पक्राउ गरेको नेकपा कास्कीको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १७ जेठ । नेपालमा इन्टरनेट प्रयोग गर्ने किशोर–किशोरीको संख्या बढेसँगै अनलाइन…







