काठमाण्डौं । शुक्रबार काठमाण्डौंमा ‘हर्ष वेभ शो नेपाल’ सम्पन्न भएको छ ।
रियल इभेन्ट म्यानेजमेन्टको आयोजना, नलेक्स र जिनियस विजलाईफको सहआयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानमा भएको ‘हर्ष वेभ शो नेपाल’ प्रशिक्षण कार्यक्रम भब्यरुपमा सम्पन्न भएको हो ।
आम सर्वसाधरणलाई पारिवारीक तथा व्यवसायिक जीवनमा सफलता प्राप्त गर्नका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उद्योगी, व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधरणको खचाखच उपस्थिति रहेको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा भारतीय प्रशिद्ध ‘मोटिभेस्नल’ वक्ता हर्षवर्धन जैनले प्रशिक्षण दिएका थिए ।
जैनले राखेको व्यवसायीक तथा पारिवारीक जीवनमा सकरात्मक परिवर्तन ल्याउने खालका विषयका प्रस्तुतीले थप उर्जा मिलेको कार्यक्रमका सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
भारतका प्रशिद्ध प्रशिक्षक, मोटिभेस्नल स्पिकर, भविष्यवादी विचार वक्ताका रुपमा आफ्नो छवि बनाएका जैन सोही कार्यक्रमाका लागि पहिलो पटक गत बुधबार नेपाल आएका थिए ।
कार्यक्रममा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी निर्देशक अनिल केशरी शाहले प्रेरणात्मक भनाईहरु राखेका थिए ।
आफूरुले आयोजना गरेको ‘द हर्ष वेभ शो’ प्रशिक्षण कार्यक्रम नेपालकै ठूलो कार्यक्रम रहेको कार्यक्रम संयोजक बलिराम यादवले दावी गरे । उनले भने, ‘आज हामीले सोचेभन्दा राम्रो कार्यक्रम गर्न सफल भएका छौं । यस्ता खालको अर्को कार्यक्रम छिट्टैनै घोषणा गर्नेछौं ।’ उनले कार्यक्रममा सहभागीको उपस्थितीले नेपालमा ‘लर्निङ कल्चर’को विकास हुने क्रममा रहेको आफूहरुले पाएको बताए ।

कार्यक्रममा एक हजार पाँच सय बढीको सहभागिता रहेको कार्यक्रम संयोजक यादवले जानकारी दिए ।
साथै उनले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सहभागी, प्रशिक्षक, विज्ञानदाता तथा आफ्नो टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय…







